सन नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी

Citizen Life Insurance Co

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मृतक सूर्य बहादुर रसाइली मृत्यु दावी भुक्तानी गरेको छ ।मृतक रसाइलीको आफ्नै घरमा विजुली मर्मत गर्ने क्रममा करेन्ट लागेर गत फागुन १७ गते मृत्यु भएको थियो ।

कालीका ७ सिद्धी निवासी मृतककी श्रीमती मिना रसाइलीलाई एक कार्यक्रमका विच कालीका ७ का वडा अध्यक्ष दिल बहादुर गुरङ र कार्यपालीका सदस्य रमलाल कुमालको रोहवरमा कम्पनीको तर्फबाट सहायक महाप्रवन्धक घनश्यनम पुरीले  एघार लाखको चेक हस्तान्तरण गरेको हो ।

कार्यक्रमका नारायणगढ शाखाका लेखा विभागका शुमन्त पाण्डे , टाँडी शाखाका प्रमुख प्रकाशबाबु खनाल, वडा अध्यक्ष दिल वहादुर गुरुङ, कार्यपालिकाका सदस्य रामलाल कुमाल , छिमेकीहरु र पारिवारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार