IME Life

सनराइज बैंकको एकैं दिन ४ शाखा तथा १ विस्तारित काउन्टरको उद्घाटन

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंकले आज एकै दिन चार शाखा कार्यालय तथा विस्तारित काउन्टरको विस्तार गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले डिजिटल उद्घाटन समारोह मार्फत उक्त शाखा र विस्तारित काउन्टरको उद्घाटन गरेका हुन् ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको छ । नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो ।

Prabhu
Crest

आफ्ना शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

हालसम्म सन््राइज बैंकले १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्नाकरिब ६ लाखग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS