IME Life

रिचार्जर एपमा के एन ९५ मास्क ५० रुपैयाँमा पाईने

SPIL
NIC ASIA

काठमाडौं । विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क ५० रुपैयाँमा पाइने भएको छ । ९५ प्रतिशतसम्म हावालाई पूर्ण रुपमा फिल्टर गर्न सक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास गरिन्छ ।

कोरोना संक्रमणको जोखिमका बिच नेपालमा नै पहिलो पटक रिचार्जरले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको एन ९५ मास्क भित्र्याएको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । साथै रिचार्जरले कार्यालय, होटल तथा रेष्टुरेण्टलाई लक्षित गर्दै गर्दै लेमन फ्लेवरको गूणस्तरीय एम एच आई ब्राण्डको थोक तथा खुद्रा बिक्री बितरण गर्न थालेको छ । नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रिचार्जरले एम एच आईका स्यानिटाइजरको बिक्री बितरण सुरु गरेको हो ।

Prabhu
Crest

अल्कोहलको गन्धयुक्त स्यानिटाइजरबाट आजित बनेको अवस्थालाई मध्यनजर गर्दै लेमन फ्लेवरको स्यानिटाइजर बजारमा उपलब्ध गराउन लागिएको ग्लाइडरले जानकारी दिए । प्रि बुकिङ गरेर मात्र यो स्यानिटाइजर खरिद गर्न सकिनेछ ।

ग्लाइडरका अनुसार अहिले बजारमा बिक्री बितरण भैरहेको के एन ९५ मास्क पनि रिचार्जरले ५० रुपैंयामा उपलब्ध गराउने छ । त्यसै गरी कोभिड प्रतिरोधात्मक भिटामिन सी युक्त डबल सी ब्राण्डको जुस एक सय रुपैयामा एउटा किन्दा एउटा सित्तैंमा उपलब्ध हुने ग्लाइडरले बताए । बरकम र एन एक्स २००० ब्राण्डका इन्फ्रारेड थर्मलगन ५० प्रतिशत छुटमा रिचार्जरमा किन्न सकिन्छ ।

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रका लागि कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु सस्तो मूल्यमा उपलब्ध गराउँदै आईरहेको छ । जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले असार मसान्तसम्म नयाँ प्रयोगकर्ताहरुलाई एप डाउनलोड गरेर खाता खोल्नेहरुलाई एक हजार क्यास प्वाइन्ट उपलब्ध गराउँदै आएको छ ।

यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट पाइन्छ । यसरी उपलब्ध हुने क्यास प्यान्टलाई रिचार्जरबाट सामान किन्दा रिडिम गरि छुटको रूपमा प्रयोग गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS