आईपीओ निष्काशनका लागि रुरु जलविद्युत् परियोजनाले माग्यो धितोपत्र बोर्डसँग अनुमति

Citizen Life Insurance Co

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले ८ करोड ९६ लाख ९५ हजार २२० बराबरको ८ लाख १५ हजार ४११ कित्ता आईपीओ विक्रीका लागि असार २५ गते अनुमति माग गर्दै निवेदन दिएको हो ।

उक्त कम्पनीको आईपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

आयोजना प्रभावित स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० को दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० मा विक्री गर्न कम्पनीले अनुमति मागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार