IME Life

अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपिओमा पहिलो दिनमा नै ५० लाख कित्ताको लागि आवेदन

SPIL
NIC ASIA

काठमाडौं । निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सले आजदेखि खुल्ला गरेको आईपिओमा पहिलो दिनमा नै माग भन्दा झण्डै दोब्बर आवेदन परेको छ । ३० लाख कित्ताको लागि आवेदन माग गरेकोमा माग भन्दा भण्डै दोब्बर अर्थात ५० लाख कित्ताको लागि आवेदन आजै अपरान्ह पाँच बजेसम्म परिसकेको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

बिहिबार साँझ १७ः०० बजेसम्ममा कूल एक लाख लाख २९ हजार बढी लगानीकर्ताले आवेदन भरेका छन् । अजोडको आईपिओमा करिब चार लाख आवेदकले आवेदन दिने अनुमान गरिएको छ । यही असार २९ गतेसम्म आवेदन पाइने अजोडमा न्यूनतम १० देखि अधिकतम ५० कित्ता भन्दा बढि कित्तामा आवेदन दिएको कम्पनीले जनाएको छ । कर्मचारी बाहेक सर्वसाधारणको लागि छुट्टाएको २७ लाख ३० हजार कित्ताको लागि आबेदन खुला गरिएकाले २ लाख ७३ हजार जनाले मात्र पाउने भएकाले गोलाप्रथाबाट नै आइपीओ बाँडफाँड हुने अनुमान गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS