IME Life

ज्योति विकास बैंकको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त , श्रावण ७ गते देखि कार्यभार सम्हाल्ने

SPIL
NIC ASIA

काठमाडौं ।  रास्ट्रिय स्तरको विकास बैंक ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैंकको यस अघिका सिईओ मनोज कुमार ज्ञवालीले  दिइएको राजिनामा बैशाख १५ गते  स्वीकृत भएपछि उक्त पद रिक्त रहँदै आएको थियो । संचालक समितिले भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टसँग इन्भेष्टमेन्ट बैंकमै सहायक महाप्रबन्धक , मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत, रेमिट टु नेपालको प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको कार्य अनुभव सहित २२ वर्ष बैंक तथा बीमा क्षेत्रमा कार्य गरेको अनुभव छ।

Prabhu
Crest

बैंकको संचालक समिति संग बिहिबार (आज ) सम्झौता भएको र श्रावण ७  गते देखि कार्यभार सम्हाल्ने नवनियुक्त सिईओ श्रीचन्द्र भट्टले इन्स्योरेन्स खबरलाई  बताए।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS