IME Life

नेप्से १० अंकले घट्दा, कारोबार अर्बमाथि

SPIL
NIC ASIA

काठमाडौं । बुधबार नेप्से १० अंकले घटेको छ । यद्यपि कारोबार रकम भने धेरै घटेको छैन । बुधबार नेप्से १०.१३ अंकले घट्दा कारोबार रकम भने एक अर्ब ७ करोड ८४ लाख ६२ हजार १४१ रुपैयाँ छ ।

आज १७९ वटा कम्पनीको कूल २९ लाख ७७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । हिजो १ अर्ब २१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज केही घटेपनि कारोबार रकम भने एक अर्ब नाघेको छ ।

Prabhu
Crest

आज नेप्सले १०.१३ अंकले घटेर १३२६.५३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स २.६४ अंकले घटेर २७९.९५ विन्दुमा पुगेको छ । बुधबार तारागाउँ रिजेन्सी होटल, कालिका हाईड्रोपावरको शेयर सबैभन्दा धेरै घटेको छ भने सूर्योदय लघुवित्त, आशा लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सको बजार मूल्यमा उच्च बृद्धि भएको छ ।

त्यस्तै पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै २५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । पुनर्बीमामा कम्पनीको शेयर मूल्य ५०८ पुगेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको सात करोड १४ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS