भाडाका ट्याक्सी खोल्न संसदीय समितिद्वारा सरकारलाई निर्देशन

Citizen Life Insurance Co

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको विकास समितिले सरकारलाई तत्काल सार्वजनिक यातायात अन्तर्गत भाडाका ट्याक्सी चलाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । सभापति कल्याणी खड्काको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरु गर्दै सरकारलाई ट्याक्सी खुल्ला गर्न भनेको हो ।

विकास समितिको आजको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको क्राईसिस म्यानेजमेन्ट कमिटी (सिएमसी) लाई भोलिको बैठकमा बोलाएर छलफल गर्ने निर्णय समेत गरेको छ । कोरोना नियन्त्रणमा अहोरात्र खटिएको कार्यदलसँग छलफल नगरी आज यातायात व्यवसायी, मदजुरहरुसँग गरेको छलफलपछि एकतर्फी निर्णय गर्दै ट्याक्सी खोल्न सरकारलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार