IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ८ दशमलव १२५ प्रतिशत बोनस शेयर आज सम्पन्न १५औं वार्षिक साधारण सभाले पारित गरेको हो।

उक्त साधारणसभाले २० प्रतिशत हकप्रद समेतले पाउने गरी चुक्ता पुँजीको ८ दशमलव १२५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, कर प्रयोजनको लागि ४२ लाख ९० हजार रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest

त्यसैगरी, सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि निर्बिरोध निर्वाचित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS