एनआईसी एशिया लघुवित्तको शेयर सुचिकृत

Citizen Life Insurance Co

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईसी एशिया लघुवित्तको शेयर सुचिकृत भएको छ । कम्पनीको १ करोड ४८ लाख कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै लगानीकर्ताले बिहिबारबाट शेयर कारोबार गर्न सक्ने छन् । कम्पनीले असार १० गतेदेखि ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ११०.४३ देखि ३३१.२९ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार