भोलिदेखि खुल्दै अजोड इन्स्योरेन्सको आइपीओ

Citizen Life Insurance Co

काठमाडौं । अजोड इन्स्योरेन्सले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ ।कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। सर्वसाधारणलाई २७ लाख ३० हजार कित्ता जारी गर्न लागेको हो ।

उक्त कम्पनीको आईपीओ खरीद गर्न चाहनेले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहने कम्पनीले जनाएको छ । कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । यसका साथैै अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालय सुन्धारा र सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

उक्त आइपीओलाई केयर नेपाल लिमिटेडले ग्रेड ४ रेटिङ दिएको छ । कम्पनीले आर्थिक वर्ष ७६र७७ को तेश्रो त्रैमाससम्म ३ करोड ५१ लाख खुद नाफा गर्न सफल भएको छ। आर्थिक वर्ष ७५र७६ को तेश्रो त्रैमास सम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार