IME Life

११ महिनामा दुई अर्ब म्यादी बीमा शुल्क आर्जन

SPIL
NIC ASIA

काठमाडौं । बीमा पुलमार्फत सञ्चालन हुँदै आएको म्यादी जीवन बीमा शुल्क झण्डै दुई अर्ब उठेको छ । चालु आर्थिक वर्ष २०७६।७७ को जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगारीमा जानेहरुलाई पुलमार्फत सञ्चालन गरिएको म्यादी बीमा बापत एक अर्ब अर्ब ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

बीमा समितिको तथ्याङक अनुसार जेठमसान्तसम्ममा चार वटा पुल व्यवस्थापक कम्पनी मध्ये सूर्या लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिसम्ममा ५३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जेठ मसान्तसम्ममा कम्पनीले २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । तेस्रो स्थानमा प्राइम लाइफ इन्स्योरेन्स रहेको छ । समितिको तथ्याङक अनसुार कम्पनीले जेठ महिनासम्ममा २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै नेपाल लाइफले १८ करोड रुपैयाँ र युनियन लाईफले यस अवधिसम्मा अन्त्यसम्ममा १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

रिलायवल लाईफले १४ करोड रुपैयाँ, सिटिजन लाईफले १३ करोड रुपैयाँ, सन नेपाल लाईफले १८ करोड ११ लाख रुपैयाँ, सन नेपाल लाईफले ६ करोड रुपैयाँ, आइएमई लाइफले ५ करोड रुपैयाँ, एशियन लाइफले २ करोड रुपैयाँ, ज्योति लाइफले २ करोड रुपैयाँ, रिलायन्स लाइफले २ करोड रुपैयाँ, महालक्ष्मी लाइफले २ करोड रुपैयाँ, गुराँस लाइफले २ करोड रुपैयाँ र प्रभु लाइफले १ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा माार्फत बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

हाल सञ्चालमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये चार वटाले वैदेशिक रोजगार सम्बन्धी बीमा पुलमा समावेश भएका छैनन् । जसमा सानिमा लाइफ, एलआईसी नेपाल, अमेरिकन लाइफ र राष्ट्रिय बीमा संस्थान कम्पनी रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS