आईएमई लाईफका सिईओ भट्टको राजिनामा स्वीकृत, अमात्यलाई निमित्त प्रमुखको जिम्मेवारी

Citizen Life Insurance Co

काठमाडौं । आईएमई लाईफका सिईओ श्रीचन्द्र भट्टले दिएको राजिनामा सञ्चालक समितिबाट स्वीकृति भएको छ । आईएमई लाईफको हिजो बसेको सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी सिईओ पदबाट दिएको राजिनामा स्वीकृत गरेको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए ।

सञ्चालक समितिले एजिएम दिनेश बहादुर अमात्यलाई निमित्त प्रमुखको जिम्मेवारी तोकेको छ । सिईओ भट्टले ज्योति विकास बैंकमा सिईओ भएर जान आईएमई लाईफमा राजिनामा दिएका हुन् ।

निमित्त प्रमुख दिनेश अमात्य

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार