IME Life

नेप्से ३७ अंकले बृद्धि हुँदा १३३६ पुग्यो, एक अर्ब २१ करोडको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबारले लकडाउनपछि नयाँ रेडर्क राख्दै अघि बढेको छ । एकै दिन एक अर्बभन्दा बढिको कारोबार भयो भने नेप्से लकडाउनपछिको नयाँ रेडर्क राख्दै १३३६.६६ बिन्दुमा पुगेको छ ।
मंगलबार कूल १७८ ओटा कम्पनीको २८ लाख ८३ हजार ९४८ कित्ता शेयर १८ हजार १४० वटा कारोबारमार्फत एक अर्ब २१ करोड २४ लाख २६ हजार २६७ रुपैयाँमा खरिद बिक्री भएको छ ।

मंगलबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर खरीद विक्री भएको छ । कम्पनीको प्रतिकित्ता ४८४ रुपैयाँका दरले ९ करोड १२ लाख बरावरको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीसहित पाँच वटा कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मञ्जुश्री फाइनान्स, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, ओरियण्टल होटल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएपछि सर्किट लागेको हो । त्यस्तै, खानीखोला हाईड्रो, ग्लोबल आईएमई लघुवित्त, घलेम्दी हाईड्रोको शेयर सबैभन्दा बढि ३ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

लकडाउनका बीच होटलहरुमा बन्द भई ठूलो आर्थिक संकटमा फस्दा समेत होटल समुहको परिसूचक ८.८८ प्रतिशतले बृद्धि भएको छ । मंगलबार बैकिङ्ग समूहको परिसुचक २ दशमलव ३३ प्रतिशत, व्यापार समूहको ४ दशमलव १८ प्रतिशत, विकास बैंक समूहको २ दशमलव शून्य ८ प्रतिशत ,जलविद्युत कम्पनीको २ दशमलव ८३ प्रतिशत, वित्त समूहको ३ दशमलव शून्य २ प्रतिशत, निर्जीबन बीमा समूहको ६ दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमल ५८ प्रतिशत, अन्य समूहको ३ दशमलव ७३ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ५४ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS