IME Life

५० प्रतिशत घर भाडा छुट दिने ठमेलका घरधनीहरुको निर्णय

SPIL
NIC ASIA

काठमाडौं । देशकै मुख्य पर्यटकीय केन्द्र ठमेलका घरधनीहरुले एक वर्षसम्म घर भाडा र विद्युत महसुलमा ५० प्रतिशत छुट दिने सामूहिक निर्णय गरेका छन् । करिब एक हजार सात सय घरधनी रहेको ठमेल क्षेत्रका घरधनी र ठमेल पर्यटन परिषदका बीचमा भएको सहमति अनुसार आगामी एक वर्षसम्म त्यस्तो छुट पाउने छन् ।

ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष भविश्वर शर्माको संयोजकत्वमा गठित कार्यदलले ठमेलका घरधनीहरुसँग भाडा छुट माग्ने सम्बन्धमा छलफल सुरु गरेको थियो । सो क्रममा घरधनीहरुले व्यवसायीहरुलाई सहयोग गर्न तयार भएको उपाध्यक्ष शर्माले बताए ।

Prabhu
Crest

पर्यटकीय क्षेत्र ठमेलमा दिनहु पसल तथा घरहरु खाली हुने क्रम बढेपछि घरधनी र पर्यटन व्यवसायी संस्थाबीच सहमति भएको हो । ठमेल पर्यटन परिषदका उपाध्यक्ष शर्माले स्थानीय घरधनीहरुसँग पर्यटन क्षेत्रलाई बचाउने उद्देश्यले सहमति गरिएको बताए । तत्काल ठमेलका तीन सय ५० व्यवसायीले घरभाडा र विद्युत महसुलमा ५० प्रतिशत छुट पाउने भएका छन् । थप छलफल जारी रहेको र अन्य घरधनीहरुले पनि भाडा छुट दिने प्रबिद्धता जनाउने क्रम जारी रहेको छ ।

ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सी एशोसिएसन नेपाल, होटल संघ नेपाल लगायत विभीन्न २१ वटा व्यवसायिक संघसंस्था र भाडा लिँदै आएका ९० प्रतिशत घरबेटीबीच समझदारी भएको ठमेल पर्यटन विकास परिषदले जनाएको छ । अनौपचारिक तथ्याङ्क अनुसार कोरोना महामारीको कारण उत्पन्न मन्दीले ठमेलमा ७०० भन्दा बढि घरका कोठाहरु खाली भएका थिए । एक वर्षसम्म घर भाडा छुट पाउने भएसँगै व्यवसायीहरु पुनः ठमेलमा फर्क तयार देखिएको परिषदले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS