एभरेष्ट बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

Citizen Life Insurance Co

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणको संरक्षणका लागि टेकु क्षेत्र, काठमाडौं महानगरपालिका, वडा नं १२ को वरिपरि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम, काठमाडौं महानगरपालिका वडा नं १२ को कार्यालय र पिडिएसएस नेपालकोे समन्वयमा सम्पन्न गरेको जनाएको छ ।

एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ । वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका डी.जी.एम डा. सन्धीर कुमार र वडा नं १२ का वडा अध्यक्ष विकास डंगोलले संयुक्त रुपमा बैंकका अधिकारीहरुका साथै पिडिएसएस नेपालका टिमको उपस्थितिमा गरेको हो ।

बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरूको बीचमा सबै भन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रूपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राजस्व संकलन काउन्टरहरु र १२३ स्थानमा एटिएम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार