SKIP THIS

IK Anniversary
IME Life

बीमालेख ऋणमा कडाईप्रति अधिकांश बीमा कम्पनीहरु सकारात्मक

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले गत बुधबार नयाँ निर्देशन जारी गर्दै बीमालेखमा जारी गरिने ऋणमा कडाई गरिएकोप्रति अधिकांश बीमा कम्पनीहरु सकारात्मक देखिएका छन् । गत बिहिबार बीमा समितिमा भएको छलफलमा सबै बीमा कम्पनीका सिईओहरुले बीमा समिति समक्ष सकारात्मक रुपमा लिएको धारणा राखेको पाइएको छ । नयाँ निर्देशन जारी गरेपछि बीमा क्षेत्रमा तरंग उब्जिएको र त्यसको भोलिपल्ट बीमा समितिले सबै बीमा कम्पनीका सिईओहरुसँग छलफल गरेको थियो ।

सो छलफलमा सहभागी अधिकांश सिईओहरुले बीमा समितिले अघि सारेको नयाँ नीति सही र बीमाको सिद्धान्त अनुसार भएपनि समय भने गलत भएको सुझाव दिएका थिए । केही बीमा कम्पनीका सिईओहरुले ‘असारको अन्तिम साता, अत्यन्तै पिक आवरमा यस्तो व्यवस्था गर्नुको साटो केही पहिलो वा साउन लागेपछि गरेको भन्दै हुने’ भन्दै सुझाव दिएको बैठकमा सहभागी मध्ये एकले बताए ।

Prabhu
Crest

त्यस्तै विभिन्न बीमा कम्पनीका सिईओहरुले बीमा समितिले बीमाको सिद्धान्त अनुसार नियमन गर्ने हिसाबले बीमा पोलिसीमा ऋण लिँदा एक वर्ष समयावधी तोकेर नियमन गर्नु सही भएको प्रतिक्रिया दिएका छन् । आईएमई लाईफका सिईओ श्रीचन्द्र भट्टले भने, ‘गत वर्ष आजको भोलि नै ऋण लिने व्यवस्था पनि थियो, त्यसलाई नियमन गरेर एक महिना पूरा भएको हुनुपर्ने बनाइयो । अहिले पुनः त्यसलाई संशोधन गरेर एक वर्ष बनाइएको छ, यो सही छ ।’ सिईओ भट्टका अनुसार एकल बीमालेखमा केही समस्याहरु थिए, तर सबैमा होइन । समस्याको समाधान गर्नेतर्फ कदम चाल्नु सही छ । उनले यस्तो व्यवस्था अझै पहिले नै गरेको भए झनै राम्रो हुने बताउँछन् ।

त्यस्तै ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश बिक्रम खत्री दीर्घकालिन बीमा व्यवसायको हिसाबले बीमा समितिको निर्णय अत्यन्तै राम्रो भएको बताउँछन् । उनले आफ्नो कम्पनीमा हालसम्म कुनै पनि अभिकर्ताले गुनासो नगरेको बताउँदै भने, ‘बीमा अभिकर्ता र बीमा कम्पनीहरुलाई दीर्घकालिन व्यवसायमा फाइदा हेर्दा बीमा पोलिसी धितो ऋण प्रवाहमा कडाई हुनु सकारात्मक छ ।’ सिईओ खत्रीले दुई किस्ता तिरेपछि ऋण पाउने र दुई वर्षमा ऋण पाउने व्यवस्थाले कम्पनीहरुमा फरक फरक नियम थियो, अब सबैमा एकरुपता भएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS