IME Life

भारतमा कर तिर्ने समय चार महिना थपियो, नेपालमा के होला ?

SPIL
NIC ASIA

काठमाडौं । कोरोना महामारीका कारण भारतीय आयकर विभाग (इनकम ट्याक्स डिपार्टमेन्ट) ले कर दातालाई ठूलो राहत दिँदै आर्थिक वर्ष २०१९।२० मा गरेको आम्दानीको आयकर तिर्ने समय चार महिना थप गरेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार करदाताले सन् २०२० को नोभेम्वर ३० तारिखसम्म इनकम ट्याक्स फाइल गर्ने सक्ने छन् । यस्तो व्यवस्थापछि करोडौं करदाताहरुले राहत पाएका छन् ।

टिडिएस र टिसिएस स्टेटमेन्ट जम्मा गर्ने समय समेत बढाएको छ । टिडिएस र टिसिएस स्टेटमेन्ट जम्मा गर्ने समय बढाएर जुलाई ३१ तारिख पु¥याइएको छ । यसका अतिरिक्त टिडिएस र टिसिएस सर्टिफिकेट जारी गर्ने समय बढाएर अगस्त १५ पु¥याइएको त्यहाँको कर कार्यालयले जनाएको छ ।

Prabhu
Crest

भारत आयकर कानुनको धारा ८० सी, ८० डी, ८० ई अनुसार बचत गर्ने समय ३० जुन बाट बढाएर ३१ जुलाई सम्म म्याद थप गरिएको छ । भारतको केन्द्रीय प्रत्यक्ष कर बोर्डले आर्थिक बर्ष २०१९।२० को लागि रिटर्न फारमलाई संशोधन गरिदिएको छ । सरकारले प्यानलाई आधार कार्डसित जोड्ने अन्तिम मिति ३१ मार्च राखिएको थियो । तर लकडाउनलाइ आधार मान्दै यसलाई ३० जुनसम्म बढाइएकोमा पुनः बढाएर ३१ मार्च २०२१ पुर्याइएको छ ।

नेपालमा पनि गत चैत्रमा बुझाउनुपर्ने करको समयावधी असार मसान्तसम्म बढाएको भएपनि त्यसपछि के हुने अझै अन्योलता छाएको छ । यद्यपि सर्वोच्च अदालतले लकडाउन हटेको ३० दिनभित्र कर तिर्न छुट पाइने फैसला यसअघि नै गरेकोले जारी लकडाउन अन्त्य नभएसम्म कर तिर्दा जरिवना तिर्नु भने पर्दैन । तर, प्रश्न अझै अनुत्तरित छ कि नेपालमा लकडाउन कहिले हट्छ ? नेपाल सरकारले लकडाउन पूर्ण रुपमा हटाएर सार्वजनिक यातायात सञ्चालन हुन थालेपछिको ३० दिनसम्म कर तिर्दा थप जरिवना लाग्ने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS