पृथ्वी होटल व्यवसायीले गरायो व्यवसायी र कर्मचारीहरुको कोरोना बीमा

Citizen Life Insurance Co

काठमाडौं । पृथ्वी होटल व्यवसायी समितिले होटल व्यवसायी र कर्मचारीहरुको कोरोना बीमा गरेको छ । समितिले उक्त बीमा सिद्वार्थ इन्स्योरेन्स मार्फत गराएको हो ।

समितिमा आवद्ध २ सय ५४ जना व्यवसायी र कर्मचारीहरुको १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गरेको हो । संस्थाको कार्यालय पृथ्वीचोकमा अध्यक्ष हरी प्रसाद पाण्डेलाई सिद्वार्थ इन्स्योरेन्सका कार्यालय प्रमुख गोबिन्द देबकोटाले बीमा लेख हस्तान्तरण गरेका थिए।समितिले यस बिषम परिस्थितीमा प्रोत्साहन गर्न व्यवसायी तथा कर्मचारीहरुको कोरोना बीमा गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार