आज सुन चाँदीको भाउ स्थिर ,कतिमा हुँदैछ कारोबार ?

Citizen Life Insurance Co

काठमाडौं । आज साताको पहिलो दिन सुन चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज भने स्थिर रहेको छ । तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । तेजावी सुन आज तोलाको ९० हजार ६५ रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको भाउ पनि स्थिर रहेको छ । आज आइतबार चाँदी प्रति तोला ९४० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार २१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८०६ रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार