IME Life

गोंगबुस्थित बसपार्कमा रहेको ग्यारेजमा आगोलागी, एक दर्जन माइक्रोबस जलेर खरानी

SPIL
NIC ASIA

काठमाडौं । राजधानीको नयाँ बसपार्कमा रहेको एक ग्यारेजमा आज विहान ३ः०० बजेको समयमा आगोलागी भएको छ । सो आगोलागीमा पार्किङ गरी राखेको अवस्थामा रहेका एक दर्जन माइक्रोबस जलेर खरानी भएका छन् । प्रहरीले आगोलागीबारे अनुसन्धान भइरहेको जनाएको छ ।

आगोलागीमा परी आठ वटा माईक्रोबस पूर्ण रुपमा र ४ वटा माइक्रोबस आंशिक रुपमा क्षति पुगेको छ । घटनामा बीमा दावी पर्ने सम्भावना देखिएको छ । निकै महंगो पर्ने माइक्रोबसको बीमा गरिएको हुनसक्ने जनाइएको छ । आगलागीबाट बा४ख ४०९, बा२क २०८०, बा१ज ९६०३, बा१ज ९४९८, बा२ख १०९६, बा३ख ८५८९, बा४ख २४० र ग१ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ । यस्तै बा२ख ४१७९, बा४ख २२६४, बा३ख ९००३ र बा१ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ ।

Prabhu
Crest

करिब दुई करोड मूल्य भन्दा बढिको माइक्रोबसमा क्षति पुगेको जनाइएको छ । सार्वजनिक यातायातमा क्षति पुगेको र उल्लेखित सवारी साधनको बीमा अनिवार्य भएपनि लामो समयदेखि ग्यारेजमा थन्किएका कारण बीमा शुल्क बुझाई नविकरण नगरेको अवस्थामा भने बीमा दावी भुक्तानी पाइने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS