IME Life

असार २५ गते देखि आउने अजोड इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
NIC ASIA

काठमाडौं । प्रति कित्ता एक सयको दरले अजोड इन्स्योरेन्सले यही असार २५ गते देखि ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।

उक्त ३० लाख कित्ता मध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ। लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

आवेदन दिने समय :
आईपीओ असार २५ गते देखि असार २९ गते सम्म खुल्ने छ । असार २९ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असार २९ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा श्रावण ८ गते सम्म समय थपिने छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम १०,००० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

प्रधान कार्यालय :
यस कम्पनीको रजिष्टर्ड (प्रधान कार्यालय) कार्यालय काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका, वडा नं. ११, सि.टि.सि.मल, सुन्धारा, काठमाण्डौंमा रहेको छ ।

कम्पनीको ईतिहास :
यस कम्पनी कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल चैत्र २० गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हो । बीमा ऐन, २०४९ तथा बीमा नियमावली, २०४९ अनुसार मिति २०७५ साल आषाढ १५ गतेका दिन बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी ब्यबसायिक कारोबार गर्न स्वीकृत प्राप्त गरी निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०७५ साल अषाढ २१ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

कम्पनीको शाखा संजाल :
कम्पनीले देशभर ३८ कार्यालयबाट कारोवार गर्दै आएको छ।

पुँजीको अवस्था :
अधिकृत पुँजी : १ अर्ब
जारी पुँजी : १ अर्ब
चुक्ता पुँजी : ७० करोड ( आईपीओ अघि )
चुक्ता पुँजी : १ अर्ब ( आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रहेको र ३० करोड बराबरको साधारणशेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ७० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३० प्रतिशत हुने छ।

संस्थापक शेयरधनीको बारेमा जानकारी :
यस निर्जीवन बीमा कम्पनीमा ठूला-ठूला सस्थापक लगानीकर्ताको लगानी रहेको छ। भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि.को नाममा ७ लाख ९९ हजार माथि कित्ता शेयर रहेको छ भने सेन्चुरी कमर्सियल बैंकको नाममा ३ लाख कित्ता शेयर रहेको छ। व्यक्तिगत सस्थापक शेयरसँगै बलिया सस्थाहरुको सस्थापक शेयरमा लगानी रहेको छ।

संचालकको जानकारी :
संचालक समितिको अध्यक्षमा आजाद श्रेष्ठ छन् । त्यस्तै संचालक समिति सदस्यमा सागर गुरुङ्ग, उपरथी श्री रामबहादुर गुरुङ र चिरन्जिवी द्वा छन् ।

व्यवस्थापक :
इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्री छन् ।

वित्तीय विवरण :
आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ८९ पैसा रेहको छ भने किताबी मूल्य ९७ रुपैयाँ रहेको छ। प्रक्षपित तथ्यांक अनुसार आर्थिक वर्ष ७६/७७ मा प्रति शेयर आम्दानी ६ रुपैयाँ १२ पैसा र किताबी मूल्य १०४ रुपैयाँ हुन्छ। आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी २० रुपैयाँ ८ पैसा र किताबी मूल्य १३९ रुपैयाँ हुने कम्पनीले प्रक्षेपण गरेको छ।

पूँजीको रणनीति :
आईपीओ पश्चात कम्पनीको पुँजी १ अर्ब हुने छ तर कम्पनीले प्रक्षेपण गरेको विवरणमा कम्पनीले आर्थिक वर्ष ७८/७९ सम्म पुँजी वृद्धिको लक्ष्य राखेको छैन।

क्रेडिट रेटिङ्ग
अजोड इन्स्योरेन्सले क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लि.,जमल, काठमाण्डौंबाट क्रेडिट रेटिङ्ग गराई “केयर एनपि आईपिओ ग्रेड ४” प्रमाणपत्र प्राप्त गरेको छ । केयर रेटिङ्ग नेपाल लि. ले १ देखि ५ प्वाइन्ट ग्रेडिङ्ग प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ ।  “केयर एनपि आईपिओ ग्रेड ४” ले औसत भन्दा कमजोर आधारहरु जनाउँदछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने + चिन्हले यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ ।

कति कित्ता आवेदन दिँदा ठीक :
धितोपत्र निस्काशन तथा बाडंफाड निर्देशिका अनुसार सबैलाई सुरुमा दश दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार २ लाख ७३ हजार जनाले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस अघिको एनआईशी लघुवित्तको आईपीओमा ४ लाख माथि आवेदन परेको थियो भने ३ लाख ९७ हजार ७ सय ४१ योग्य आवेदकलाई शेयर बाँडफाँड गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS