आजबाट साधना लघुवित्तको आईपीओ सुरु

Citizen Life Insurance Co

प्रति कित्ता एक सयको दरले साधना लघुवित्त वित्तीय संस्थाले आजबाट  (असार २१)  गते देखि ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दै छ ।

उक्त ७ लाख ७ हजार ८०० कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् १०,८९० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात ३५ हजार ३ सय ९० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई ६ लाख ६१ हजार ५२० कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

आईपीओ असार २१ गते देखि असार २४ गते सम्म खुल्ने छ । असार २४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदी असार २४ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा श्रावण ४ गते सम्म समय थपिने छ ।

हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ७० लाख रहेको र ७ करोड ०७ लाख ८० हजार बराबरको साधारणशेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार लाख हुन्छ ।

यस लघुवित्तको प्रधान कार्यालय प्रदेश नम्बर ४, गोरखा जिल्ला, वडा नम्बर ६, हरमटारीमा रहेको छ ।

र यो पनि :

असार २१ गते देखि आउने साधना लघुवित्तको आईपीओको बारेमा सम्पूर्ण जानकारी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार