तीन कम्पनीको साधारण सभा भोलि

Citizen Life Insurance Co

काठमाडौं । भोलि शनिवार तीन कम्पनीको साधारण सभा हुने भएको छ । भोलि साधारण सभा हुने कम्पनीहरुमा नागरिक लगानी कोष, नागवेली लघुवित्त र मिर्मिरे लघुवित्त हुन् ।

नागरिक लगानी कोषले बिहान ११ बजे कोषको नयाँ बानेश्वर भवन परिसरमा साधारण सभा गर्ने भएको छ । सभाले २२ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, नागवेली लघुवित्तले होटल टाइमलेस मोमण्ट विर्तामोड झापामा दिउँसो १२ बजे साधारण सभा गर्ने  भएको छ । सभाले यस नागवेली लघुवित्तलाई मिर्मिरे लघुवित्तले प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, मिर्मिरे लघुवित्तले सिद्धार्थ कटेज का.म.न.पा तीनकुने काठमाडौंमा दिउँसो १ बजे साधारण सभा गर्ने  भएको छ । सभाले नागवेली लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार