आज सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

Citizen Life Insurance Co

काठमाडौं । पछिल्लो दुई दिन हिजो बिहीबार र आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ। यस्तै सुनसँगै चाँदीको मूल्य पनि दुबै दिन लगातार घटेको छ।

आज शुक्रबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँ र चाँदीको प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार पनि सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको थियो।

नेपाली बजारमा सुनचाँदीको भाउले असार १७ गते बुधबार ऐतिहासिक उचाईको रेकर्ड कायम गरेको थियो। सो दिन छापावाल सुन ९१ हजार ७०० रुपैयाँ, तेजावी सुन ९१ हजार २६५ रुपैयाँ पुगेको थियो भने चाँदी प्रतिातोला ९६० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६५ रुपैयाँ, र चाँदीको मूल्य प्रतितोला ९४० रुपैयाँ तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार