IME Life

सिंहदरवारभित्रै सरकारी कर्मचारीद्वारा विरोध प्रदर्शन

SPIL
NIC ASIA

काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरवार भित्र आज विहान कर्मचारीहरुले आन्दोलन गरेका छन् । सरकारले अघि बढाएको निजामति सेवा ऐनको मस्यौदाको विरोध गर्दै सरकारी कर्मचारीहरुले सिंहदरवारभित्रको सडकमा उभिएर विरोध जनाएका हुन् ।

सिंहदरवारभित्र बिरलै मात्र विरोध प्रदर्शनका कार्यक्रमहरु हुने गर्दछ । नायब सुब्बाको बृत्तिविकास रोक्ने व्यवस्था राखेर नयाँ मस्यौदा संसदको राज्य व्यवस्था समितिबाट पारित गरिएको भन्दै सबै नायब सुब्बाहरु मिलेर विरोध गरेका हुन् । नायब सुब्बा बचाउ अभियानको नाममा ‘माननीय ज्यू, ना.सु.का आँसु देख्नु भएन ?’ नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

Prabhu
Crest

सिंहदरवारभित्र भएको प्रदर्शनमा सयौं कर्मचारीहरु सहभागी छन् । मंगलबार बिहान कार्यालय समय सुरु भएसँगै उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नजिकको सडक किनारमा उभिएर विरोध प्रदर्शन गरेका छन् ।
प्रस्तावित ऐनमा नायब सुब्बाबाट शाखा अधिकृतमा बढुवाका लागि २० प्रतिशत मात्र कोटा छुट्टाइएर नासुुको बृत्तिविकास रोकिएको भन्दै उनीहरुले सिंहदरवारभित्रै विरोध प्रदर्शन गरेका छन् । राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रसतशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था लागू गर्न माग गरेका छन् ।

हाल प्रचलनमा रहेको निजामती सेवा ऐन २०४९ मा शाखा अधिकृतमा पदपूर्तिका लागि नायब सुब्बाहरु मध्येबाट ३० प्रतिशतले बढुवा पाउने र ७० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट आउने गरेका छन् । नयाँ ऐनले शाखा अधिकृतको पदपूर्तिमा रहेको बढुवाको विद्यमान प्रतिशत घटाएर २० मा झारेसँगै नायब सुब्बा पदमा कार्यरत कर्मचारीहरुले समयमा बढुवा पाउने छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS