जीवन बीमाको बीमाशुल्क बुझाउने म्याद असार २२ गते सम्म थपियो

Citizen Life Insurance Co

काठमाडौं । जीवन बीमाको बीमा शुल्क बुझाउने म्याद असार २२ गतेसम्म थप भएको छ । यसअघि समितिले असार १५ सम्म मात्रै रहेको जीवन बीमाको प्रिमियम संकलन गर्न र ब्याज नलाग्ने व्यवस्था थप गर्न जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

सोमबार बीमा समितिले एक निर्देशका जारी गर्दै जीवन बीमा कम्पनीहरुलाई असार २२ गतेसम्म थप गरी ब्याज नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको हो । समितिले हाल विश्वभर महामारीको रुपमा फैलिरहेको कारोना भाइरसका कारण उत्पन्न भएको परिस्थतीलाई मध्यनजर गर्दै यसअघि असार १५ सम्म प्रिमियर वापतको रकम संकलन गर्न र ब्याज नलाग्ने व्यवस्था गरेको थियो । उक्त समयअवधि थप गर्न समितिले यस सूचना जारी गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार