IME Life

निर्जिवन बीमा कम्पनीहरुले चालु आवको कृषि तथा पशु बीमाको अनुदान रकम पाएनन्

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब १४ कार्यदिन मात्रै बाँकी छ । निर्जिवन बीमाको व्यवसाय गर्दै आएका २० वटा बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा कृषि बीमा शुल्कमा सरकारले दिएको अनुदान बापतको रकम अझै पाउन सकेका छैनन् ।

बीमा समितिका अनुसार गत आर्थिक बर्षको सबै बीमा शुल्क भुक्तानी भइसकेको छ भने चालु आर्थिक वर्षको भुक्तानी शून्य छ । बाली बीमाको शुल्कको अनुदान रकम कृषि सेवा विभागले भर्खरै पठाएकोे भएपनि पशुसेवा विभागले पशु बीमा शुल्कमा दिएको अनुदान रकम अझै उपलब्ध गराएको छैन ।

Prabhu
Crest

बीमा समितिका अनुसार पशुबीमा र बाली बीमा दुवैको अनुदान रकम प्राप्त भएपछि कृषि तथा पशु बीमाको रकम भुक्तानीको लागि गठित बोर्ड बैठक बसेर वितरण गरिनेछ । यसै साता नभ्याए अर्को सातासम्ममा रकम भुक्तानी हुने बीमा समितिको भनाई छ । सरकारले आर्थिक वर्षको अन्त्यमा अनुदान बापतको बीमा शुल्क भुक्तानी गर्ने परिपाटीका कारण बीमा कम्पनीहरुले रकम पाउन ढिलाई भएको हो ।

असार मसान्तभित्रैमा मंसिरसम्म गरिएको बीमाको अनुदान बापतको रकम वितरण गर्ने तयारीमा बीमा समिति छ । बाँकी विवरण प्राप्त भएपछि अर्को आर्थिक वर्षमा भुक्तानी हुनेछ । बाली तथा पुश बीमा शुल्कमा दिइएको अनुदान बापतको रकम बीमा समितिले कृषि विभाग र पशु सेवा विभागबाट रकम निकाशा गराएर भुक्तानी गराउन गर्दै आएकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS