नेपाल इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको खातामा जम्मा

Citizen Life Insurance Co

काठमाडौं । नेपाल इन्स्योरेन्सको ७१ औं वार्षिक साधारण सभा पारित भएकोे दुई दशमलव ८९ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ ।कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गरेको जनाएको छ ।

साथै कम्पनीले बैंक खाता अद्यावधिक गर्दासमस्या आएर लाभांश प्राप्त गर्न नसकेका शेयरधनीहरुको विस्तृतत विवरण कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको वेबसाइटमा राखिएको कारण उक्त वेवासाईटमा हेर्न आग्रह गरेको छ ।

हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश जम्मा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार