IME Life

आकाशै ढाकेर नेपाल छिरे सलह, बीमा कम्पनीहरुमाथि ठूलो भार नपर्ने

SPIL
NIC ASIA

काठमाडौं । शनिबारदेखि पूर्व, मध्य र पश्चिम क्षेत्रबाट नेपालमा सलह (फट्याङ्ग्रा प्रजातिको किरा) छिरेका छन् । आकाशै ढाकेर सलह नेपाल छिरेपछि किसानहरु चिन्तित बनेका छन् भने बीमा कम्पनीहरुमा खासै ठूलो भार नपर्ने नेपाल बीमक संघले जनाएको छ ।

ठूलो मात्रामा कृषि बीमा गरेको भएपनि बाली बीमामा ठूलो जोखिम बहन नगरेकाले बीमा कम्पनीहरुमा खासै ठूलो दावी भुक्तानी नपर्ने संघको भनाई छ । संघका सचिव चंकी क्षेत्रीले भने, ‘कृषि बीमा अन्तर्गत पशु र माछाको बीमा रकम ठूलो छ, बाली बीमा धेरै नभएकोले बीमा कम्पनीहरु आत्तिनुपर्ने अवस्था छैन ।’

Prabhu
Crest

अफगानिस्तानबाट पाकिस्तान र भारतको नयाँदिल्ली हुँदै शनिबार सलह नेपाल आईपुगेको हो । हरियो देख्ने वित्तिकै खाएर सिध्याउने सहल आएपछि किसानहरु अन्नबाली नष्ट गर्नसक्ने भन्दै चिन्तित छन् । मकै, धानको बीऊ, बदाम, अन्य तरकारी खाएर नष्ट गर्न थालेको कृषिविज्ञ डा. विश्वेश्वर प्रसाद यादवले जनाएका छन् ।

आकाश नै ढाकेर घामलाई नै छेकेर अघि बढेको सहलले सर्लाही, बारा, पर्सा, रौतहट, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, इटहरी, रुपन्देही जिल्ला लगायतको क्षेत्रमा सलह देखिएको ति जिल्लाहरुबाट प्राप्त समाचारमा उल्लेख छ । करोडौंको बथानमा हिड्ने सहल नेपालमा भित्रदा छिन्न भिन्न अवस्थामा आईपुगेको देखिएको स्थानीयबासीले जनाएका छन् । ठूलो संख्यामा किराहरु एक पटक आकाशमा उड्दा आकाश पुरै ढाक्ने र घाम समेत छेकेर अघि बढ्ने गर्दछन् । झण्डै ६० वर्षपछि नेपाल प्रवेश गरेको सहल लामो यात्राको क्रममा अफ्रिका, अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपालसम्मको लामो यात्राको कारण झुण्ड झुण्डमा पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो पटक गत माघ सम्मको तथ्याङ्क अनुसार कृषि बीमा शुल्क बार्षिक २२ अर्बभन्दा बढि बीम शुल्क संकलन गरी कूल ४४० अर्बभन्दा बढि जोखिम बहन गरेका छन् । यद्यपि सो जोखिममा बाली बीमाको भारत न्यून रहेको बीमा कम्पनीहरुको भनाई छ । कृषि बीमा अन्तर्गत बिक्री भएका बीमा पोलिसीहरु अधिकांश पशु र माछाको भएकोले बाली बीमाको दावी भुक्तानी ठूलो नआउने र आईहालेको अवस्थामा पुनर्बीमा कम्पनीले व्यहोर्ने हुँदा बीमा कम्पनीहरुमाथि खासै ठूलो भार नपर्ने युनाईटेड इन्स्योरेन्सका डेपुटी सिईओ रमेश कुमार भट्टराईले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS