IME Life

एनआईसी एशिया लघुवित्तको आईपीओमा अहिलेसम्म परेको आवेदनको गणितले के देखायो ?

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसको संक्रमणको बेला पनि एनआईसी एशिया लघुवित्तको आईपीओले निकै राम्रो प्रतिक्रिया पाएको छ । आईपीओ खुलेको तीन दिनसम्मको तथ्याङ्कलाई आधार मान्दा २ लाख ९० हजार आवेदन परेको छ ।

कुन दिनसम्म कत्ति पर्यो आवेदन ?
पहिलो दिनसम्म : ७५ हजार आवेदन
दोश्रो दिन सम्म : १ लाख ९९ हजार आवेदन
तेश्रो दिन सम्म : २ लाख ९० हजार

Prabhu
Crest

प्रति कित्ता एक सयको दरले एनआईसी एशिया लघुवित्तले ४७ लाख ५५ हजार कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दै छ  । उक्त ४७ लाख ५५ हजार कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् ७४,००० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात २ लाख ३७ हजार ८०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई ४४ लाख ४३ हजार २०० कित्ता शेयर निष्काशन गरिएको छ।

अहिले सम्म २ लाख ९० हजार जनाले आवेदन दिएका छन् भने ४ लाख ४४ हजार ३ सय २० लगानीकर्ताले आवेदन दिँदासम्म सबैलाई १० कित्ता शेयर प्राप्त हुने छ । अन्तिम दिन सम्म ४ लाख ४४ हजार ३ सय २० भन्दा धेरै लगानीकर्ताले आवेदन दिए भने केही लगानीकर्ताको हात रित्तो हुने सम्भावना पनि हुन्छ । त्यस्तै अन्तिम दिनसम्म ४ लाख ४४ हजार ३ सय २० भन्दा थोरै लगानीकर्ताको आवेदन पर्यो भने सबैलाई दश कित्ता शेयर भागमा पर्ने र  केहीलगानीकर्तालाई गोलाप्रथाबाट २० कित्ता शेयर पर्ने सम्भावना पनि छ ।

शनिवार र आईतबार आवेदन दिने समय बाँकी छ । शनिवार मेरो शेयरबाटमात्र आईपीओमा आवेदन दिए पनि आईतबार आवेदन दिने संख्यामा निकै राम्रो चाप आउँन सक्छ । त्यस्तै उपलब्ध भएको संख्यामा केहीको आवेदन रद्ध हुन सक्ने सम्भावना पनि छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS