IME Life

नयाँ पुनर्बीमा कम्पनी खोल्ने भन्दै बजारमा चलखेल, बीमा समिति मौन

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा दोस्रो पुनर्बीमा कम्पनी स्थापना गर्ने नाममा बाहिर निकै ठुलो चलखेल सुरु भएको छ । एउटा लफर्मले कुनै आधिकारिकता नभएको तीन पृष्ठको प्रस्ताव सबै बीमा कम्पनीमा पुर्याएर ताकेता गरिरहेको छ । तर, देशको ३७ वटै बीमा कम्पनीहरुमा लगानी गर्न प्रस्ताव पुग्दा समेत नियमनकारी निकाय बीमा समिति भने थाहा नभएको भन्दै मौन बसिरहेको छ ।

काठमाडौंको बुद्धनगरमा रहेको साकार ल फर्मले नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने भन्दै सबै बीमा कम्पनीहरुमा लगानी गर्न प्रस्ताव पठाएको हो । सो फर्मले पठाएको पत्रको जवाफ बीमा कम्पनीहरुले दिएका छैनन् । बीमा समितिमा सम्पर्क गर्दा बीमा समितिले नै अनभिज्ञता व्यक्त गरेकोले प्रस्तावको जवाफ नदिएको एक बीमा कम्पनीका अधिकारीले बताए । साकार ल फर्म नेको इन्स्योरेन्स सम्बद्ध व्यक्तिको भएको पत्ता लागेको छ ।

Prabhu
Crest

साकार ल फर्मले पठाएको प्रस्तावको सम्बन्धमा बीमा समितिले भने अनभिज्ञता प्रकट गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चपागाईले भने पुनर्बीमा कम्पनी दर्ता गर्ने भन्ने सम्बन्धमा बीमा समितिलाई कुनै जानकारी नभएको बताए । नियमनकारी निकाय बीमा समितिको अनुमति नलिई कुनै पनि बीमा कम्पनीले अर्को पुनर्बीमा कम्पनीमा लगानी गर्ने वा नगर्ने निर्णय गर्न सक्दैनन् ।

सो फर्मले चर्चित व्यापारी उपेन्द्र महतो र सुलभ अग्रवालको लगानीमा बीमा कम्पनी संस्थापना गर्ने भन्दै प्रचार गरेकोले बीमा समितिका उच्च अधिकारी ठूला घरानियाँका अगाडि निरिह जस्ता देखिएका छन् । सोही आधारमा बीमा समितिले एक सातादेखि सबै कम्पनीमा पुगेको पत्रको सम्बन्धमा केही बताउन चाहेको छैन । अर्थमन्त्री डा. युवराज खतिवडा आफै प्रभावित भएर नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने पक्षमा रहेको भनिए पनि आधिकारिता अझै पुष्टि भएको छैन । अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाई डा. रामशरण खरेलको नेतृत्वमा नयाँ पुनर्बीमा कम्पनी संस्थापना गर्ने काम अघि बढिाउने प्रयत्न भइरहेको छ ।

सो फर्मले पठाएको प्रस्तावमा ७५ प्रतिशत लगानी संस्थापक समुहको र २५ प्रतिशत लगानी सर्वसाधारणको हुने उल्लेख भएको एक बीमा कम्पनीका सिईओले बताए । साकार ल फर्मले पठाएको प्रस्तावमा नेपाल सरकारको एक अर्ब लगानी भन्ने उल्लेख भएपनि नेपाल सरकारको प्रतिबद्धता पत्र भने समावेश छैन । त्यस्तै जीवन बीमा कम्पनीहरुको एक अर्ब र निर्जिवन बीमा कम्पनीहरुको एक अर्ब हुने प्रस्ताव गरिएको छ । तर, जीवन बीमा र निर्जिवन बीमा कम्पनीहरुले प्रतिबद्धता जनाइसकेका छैनन् । नेपालका थुप्रै कम्पनीहरुले यसअघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरिसकेकाले नयाँ खुल्ने कम्पनीमा लगानी गर्ने सम्भावना समेत कम छ । त्यस्तै बाँकी साढे चार अर्ब लगानीकर्ता को को हुन् ? उनीहरुको सम्पत्तिको स्रोत के हो ? कही कतै खुलाइएको छैन ।

उता, साकार ल फर्मले भने नयाँ पुनर्बीमा कम्पनी स्थापनाको लागि बीमा कम्पनीहरुमा पत्राचार गरेको स्वीकार गर्दै प्रस्ताव मात्रै भएको जनाएको छ । कूल १० अर्ब लगानीको नयाँ पुनर्बीमा कम्पनीको नाम अन्नपूर्ण रि इन्स्योरेन्स प्रस्ताव गरिएको छ । हालसम्म कम्पनी दर्ता भएको छैन ।

बीमा समितिको बार्षिकोत्सवमा अर्थमन्त्री स्वयम्ले नयाँ पुनर्बीमा कम्पनी स्थापना हुनसक्ने भन्दै सरकार आफै नयाँ कम्पनी खोल्न लागेको केही समयदेखि प्रचार हुँदै आएको छ । यद्यपि नेपालको बीमा बजार अन्त्यन्तै सातो भएकोले एउटै कम्पनी नेपाल पुनर्बीमा कम्पनीले पर्याप्त बजार पाउन नसकेको अवस्थामा नयाँ कम्पनी संस्थापना गरेर लगानी डुब्ने सक्ने बीमा विश्लेषकहरुको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS