IME Life

असारभित्रै बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण गर्न बीमा समितिको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले यही असारभित्रैमा सर्भेयर र बीमा अभिकर्ताहरुको लाइसेन्स नविकरण गर्न आह्वान गरेको छ । २०७६ चैत्रभित्रमा नविकरण गरिसक्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स लकडाउनको कारण म्याद थप गर्दै असार मसान्तसम्म पर्याइएको छ । सामान्य अवस्थामा भए चैत्र मसान्तको समयावधी गुज्रेपछि जरिवना तिर्नुपर्दथ्यो । तर, चैत्र ११ गतेदेखि जारी लकडाउनका कारण बीमा समितिले पटक पटक म्याद थप गर्दै आएकोमा अब असार मसान्त अन्तिम म्याद भएको बीमा समितिले जनाएको छ ।

बीमा समितिका सूचना अधिकारी उपनिर्देशक निर्मल अधिकारीले  सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालन भई सबै कार्यालयहरु खुल्न थालिसकेको सन्दर्भमा असार मसान्तमा नै बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरणको अन्तिम मिति तोकिएको बताए ।

Prabhu
Crest

बीमा समितिका अनुसार काठमाडौंस्थित बीमा समितिमा आउन नसक्नेहरुले सिधैं बैंकमा रकम जम्मा गरेर इमेलमार्फत समेत नविकरणको व्यवस्था मिलाइएको छ । असार मसान्तभित्रमा नविकरण नगरेमा मासिक ५०० जरिवना लाग्ने व्यवस्था छ । कूल पौने छ लाख अभिकर्ता मध्ये करिब एक लाख अभिकर्ता सक्रिय छन् भने चार सय भन्दा बढि सर्भेयर छन् ।

बीमा नियमावलीको दफा २२ बमोजिम बीमा अभिकर्ताको लाईसेन्स नविकरणको लागि दुई सय रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ । असोज मसान्तसम्ममा नविकरण नगराउने अभिकर्ताको इजाजत पत्र रद्द हुने व्यवस्था छ ।

बीमा समितिको प्रावधान अनुसार क बर्गको सर्भेयरहरुले १२ हजार रुपैयाँ, ख बर्गाको सर्भेयरले ९ हजार रुपैयाँ, ग वर्गको सर्भेयरले ७ हजार रुपैयाँ र घ वर्गको सर्भेयरले ५ हजार रुपैयाँ लाइसेन्स नविकरण मार्फत दिनुपर्ने व्यवस्था रहेको छ । समितिबाट लाईसेन्स लिएको १५ बर्ष पुगेका सर्भेयलाई क, १० बर्ष पुगेकालाई ख, ५ बर्ष पुगेकालाई ग र भर्खरै लाईसेन्स लिएकालाई घ बर्गमा विभाजन गरिएको छ ।

सो शुल्क रकम बीमा समितिको नविल बैंकमा रहेको खाता नम्वरमा जम्मा गरेर इमेल पठाएपछि लाईसेन्स नविकरण गर्ने व्यवस्था यसअघि नै बीमा समितिले सुचनामार्फत गराइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS