IME Life

बीमा कम्पनीहरुको वेभसाइटमा के के हुनै पर्छ ?

SPIL
NIC ASIA

बीमा समितिले हाल सूचना प्रविधि निर्देशिका २०७६ लागू गरिसकेको अवस्थामा भुलवस उल्लेखित सामग्री पर्न गएकोमा भुलसुधार गरिएको छ । –सम्पादक

नयाँ सूचना प्रविधि निर्देशिका यहाँ हेर्नुहोला ।

Prabhu
Crest

बीमा कम्पनीहरुको सूचना प्रविधि व्यवस्थापन सम्बन्धी नयाँ निर्देशिका जारी

काठमाडौं । बीमा समितिले २०६५ भाद्र १ गतेदेखि लागू हुने गरी बीमा कम्पनीहरुले वेभ साइट निर्माण सम्बन्धि निर्देशिका जारी गरेको थियो । बीमकहरुको वेभ साइट निर्माण सम्बन्धि निर्देशिका मार्फत बीमा समितीले बीमा कम्पनीहरुलाई वेभ साइट भित्र समेटिनु पर्ने निम्न कुराहरु सम्मिलित गर्न निर्देशन दिएको थियो :

वेभ साइटभित्र समेटिनुपर्ने कुराहरु
सञ्चालक समिति (Board of Directors)
बीमकको सञ्चालक समितिका अध्यक्ष सदस्यहरु र कम्पनी सचिवको पासपोर्ट साइजको फोटो सहित नाम र पद उल्लेख गर्नुपर्नेछ ।

ब्यवस्थापन (Management)
बीमकको ब्यवस्थापनमा संलग्न रहेका ब्यक्तिहरुमध्ये कम्तिमा प्रमुख ब्यवस्थापक देखि बिभागीय प्रमुख सम्मको पासपोर्ट साइजको फोटो सहित नाम, पद, इ–मेल र फोन उल्लेख गर्नु पर्नेछ । बीमकको कम्तिमा अण्डरराइटिङ, दाबी, पुनर्बीमा र बजार ब्यवस्थापन गरी चार वटा बिभागीय प्रमुखको बिवरण उल्लेख गर्नु पर्नेछ ।

नागरिक बडापत्र (Citizen Charter)
बीमकले आफ्नो नागरिक बडापत्र तयार गरी सो मा सेवाग्राहीको लागि कुन कामको लागि कति समय भित्र सेवा उपलब्ध गराउने हो र सो को लागि सम्पर्क राख्नु पर्ने पहिलो, दोस्रो र तेस्रो अधिकृतको नाम र पद सहित उल्लेख गर्नु पर्नेछ ।

साइट म्याप (Site Map)
बीमकद्वारा आफ्नो वेभ साइटमा कुन कुन बिषयबस्तु राखिएको छ सो क्रमबद्ध ढंगले बिषयसूची बनाई (Site Map) उल्लेख गर्नु पर्नेछ ।

बीमालेख (Policy)
बीमकद्वारा जारी गरिएका सबैपोलिसीहरु बर्गीकरण गरी कुन पोर्टफोलियाको हो छुट्याई सो बीमा लेख प्रथम पल्ट जारी गरिएकोमिति सहित राख्नु पर्नेछ ।

सम्पर्क (Contact)
बीमकको केन्द्रीय, शाखा, उपशाखा तथा सम्पर्क कार्यालयहरुको ठेगाना, शाखा प्रमुखको नाम, फोन तथा इ–मेल स्पष्ट संग उल्लेख गर्नु पर्नेछ ।

संस्थागत लक्ष्य (Corporate Goal)
संस्थागत लक्ष्यअन्तर्गत Mission, Vision, Goal र Objective लाई सबिस्तार उल्लेख गर्नु पर्नेछ ।

सूचना  (Notice)
समय समयमा जारी गरिएका सूचना वा प्रेस बक्तब्य, पत्रिका वा जरनल प्रकाशित गर्ने गरेको भए सोलाई यथासम्भव छिटो वेभ साइटमा राख्नु पर्नेछ ।

प्रतिक्रिया (Feedback)
प्रतिक्रिया प्रणाली (Feedback Mechanism)  तयार गरी ग्राहकहरुको गुनासो प्राप्त (Upload) गर्न सक्ने ब्यवस्था गर्नु पर्नेछ ।

बित्तीय बिवरणहरु (Financial Statements)
बिगत पाँच बर्षको प्रकाशित बार्षिक प्रतिबेदन राख्नु पर्नेछ । साथै हरेक आर्थिक बर्षको प्रत्येक चौथो महिना समाप्त भएको मितिले १५ दिनभित्र बीमा समितिबाट तोकिएको ढाँचामा लगानीको चौमासिक बिवरण, कारोवारको चौमासिक बिवरण, दाबीको बिवरण, पुनर्बीमाको बिवरण, स्वीकृत तालिमको बिवरण आदि तयार गरी राख्नु पर्दछ ।

प्राय सोधिने प्रश्नहरु (Frequently Asked Question)
बीमकले ग्राहकले सामान्यतया यस्ता जिज्ञासा राख्न सक्छन् (Frequently Asked Question) भनेर अनुमान गरेका बढी भन्दा बढी बिषयहरुलाई समेटेर प्रश्न बनाएर त्यसको सबिस्तार उत्तर लेखेर साइटमा राख्नुपर्नेछ ।

तालिम, सेमिनार, कार्यशाला (Training, Seminar, Workshop)
आर्थिक बर्षभरी सञ्चालित हुने तालिमको तालिका (तालिम स्थान, प्रशिक्षक तथा अन्य जानकारी सहित) उल्लेख गर्नु पर्नेछ । आगामी बर्षका लागि पारित तालिम  कार्यक्रमहरुको तालिका प्रकाशित गर्नु पर्नेछ । बीमकले आफूले सञ्चालन गरेको तालिम, सेमिनार, गोष्ठी तथा कार्यशालाको बारेमा जानकारी दिनु पर्नेछ ।

स्थान  (Location)
बीमकको प्रधान कार्यालय कहाँ रहेको छ सो को नक्सा सहितको तस्विर प्रस्तुत गर्नु पर्नेछ ।

बीमा अभिकर्ता (Insurance Agents)
बीमकसंग आवद्ध भएका बीमा अभिकर्ताहको संख्या उल्लेख गर्नु पर्नेछ । यदि संस्थागत अभिकर्ताहरु आवद्ध छन् भने तिनीहरुको नाम, ठेगाना, फोन, इ–मेल उल्लेख गर्नु पर्नेछ ।

सर्भेयर (Surveyor)
बीमकले आर्थिक बर्षभरी दाबी मूल्यांकन तथा अनुसन्धानका लागि नियुक्त गरेका सर्भेयरहरुको नाम र संख्या खुलाउनु पर्नेछ ।

बीमा डिफल्टरको बारेमा जानकारी (Information about Insurance Defaulters)
कुनै ग्राहकले दाबी लिनका लागि नक्कली कागजात पेश गरेमा वा नक्कली कागज पेश गरी दाबी लिएको भन्ने थाहा भएमा त्यस्ता बीमा डिफल्टरहरुको बारेमा जानकारी राख्नु पर्नेछ ।

बीमा क्यालकुलेटर(Premium Calculator)
जीवन बीमा कम्पनीको हकमा बीमितहरुले आफ्नो बीमाशुल्क आफैं पत्ता लगाउन सक्ने गरी बीमाशुल्क क्यालकुलेटर (Premium Calculator) राख्नु पर्नेछ ।

वेभ साइटको भाषा (Language of Web Site)
वेभ साइट अनिवार्य रुपमा नेपाली र अंग्रेजी दुबै संस्करणमा हुनु पर्नेछ । तर निश्चित भाषामा मात्र हुनु पर्ने भनेर तोकिएका सामग्रीहरुको हकमा यो ब्यवस्था लागू हुँदैन ।

शिर्षक (Headings)
बीमकको वेभ साइटमा उल्लेख गर्न निर्देशन दिइएका बिषयहरुका शिर्षक माथि उल्लेख गरिएकै शिर्षकहरु हुनु पर्छ भन्ने छैन । तर माथि उल्लेख गरिएका बिषयबस्तुहरु अनिवार्य रुपले समेटेको हुनु पर्नेछ । साथै बीमकहरुले माथि उल्लेख गरिए भन्दा बाहेकका आवश्यक ठानेका बिषयहरु थप गर्न यस ब्यवस्थाले बाधा पु¥याउनेछैन ।

शैली (Styles)
साइटलाई आकर्षक बनाउन प्रत्येक बीमकले आआफ्नै शैली र ढाँचा उपयोग गर्न सक्नेछन् ।

अद्यावधिक(Update)
निर्माण गरिएको वेभ साइट प्रत्येक महिनामा एक पल्ट अनिवार्य रुपले अद्यावधिक गर्नु पर्नेछ । साथै त्यस भन्दा अगाडी नै अद्यावधिक गर्नु पर्ने खालका सूचना, जानकारी वा तथ्यांक छन् भने सो लाई यथा समयमा अद्यावधिक गर्नु पर्नेछ । अद्यावधिक गरेको मिति वेभ साइटमा देखिने गरी प्रष्ट ढंगले राख्नु पर्नेछ ।

साभार : बीमकहरुको वेभ साइट निर्माण सम्बन्धि ब्यवस्था

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS