IME Life

सिटिजन लाइफमा अब अनलाईनबाटै जीवन बीमा गर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले लकडाउनको समयमा घरैमा बसेर जीवन बीमा गर्न सकिने गरी नयाँ अनलाईन सिष्टमको विकास गरेको छ । नयाँ विकास गरिएको अनलाईनबाट घरैमा बसेर सेवाग्राहीहरुले सिटिजन लाईफमा बीमा प्रस्ताव गर्न सक्ने कम्पनीले जनाएको छ ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई अनलाईनबाटै बीमा गर्न सकिने गरी सूचना प्रविधि सम्बन्धी निर्देशिका जारी गरिसकेको सन्दर्भमा सिटिजन लाईफले यस्तो सुविधा सुरु गरेको जनाएको छ । कम्पनीले अनलाईनमार्फत जीवन बीमालेख प्रस्ताव दाखिला गर्ने सफ्टवयेर प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ ।

Prabhu
Crest

सो नयाँ सिष्टमबाट औपचारिक रुपमा बीमा कारोबार सुरु भइसकेको सिटिजन लाईफले जनाएको छ । बीमा योजना खरिद गर्नको लागि अभिकर्तामार्फत कम्पनीको वेबसाईट वा मोबाईलमार्फत लगइन गरी एजेन्ट पोर्टलमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ । अभिकर्ताले बीमा गर्न चाहने व्यक्तिको आम्दानी प्रमाणिकरण लगायतका कार्य सम्पन्न भएपछि मात्रै बीमा अभिकर्ताको सहयोगमा कम्पनीमा सिधैं अनलाईनमार्फत आवदेन सकिनेछ । कम्पनीले डिजिटल सिटिजन अभियान अन्तर्गत अनलाईनबाट बीमा गर्ने सुविधा सञ्चालनमा ल्याएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS