IME Life

काठमाडौंका पाँच जनासहित थप ३२३ जनामा कोरोनाको संक्रमण, कूल संख्या ३२०० नाघ्यो

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसको संक्रमण दिनानु दिन फैलाने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौं उपत्यकाका पाँच जनासहित थप ३२३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । यससँगै कूल संक्रमितको संख्या तीन हजार दुईसय पार गरेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी दिएको जानकारी अनुसार पछिल्लो तथ्याङ्क अनुसार राजधानी काठमाडौंमा थप चार जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् । यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Prabhu
Crest

यसैबीच, कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । यही जेठ २० गते मृत्यु भएका डोल्पाका जगदुल्ला गाँउपालिका(३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि जेठ १८ गते नेपालगञ्ज–सुर्खेत–जुम्ला हुँदै जहाजबाट डोल्पा पुगेका थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारी पुष्टि गरेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS