नेको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ८ दशमलव १६ प्रतिशत लाभांश पारित

Citizen Life Insurance Co

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २४ औ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको ज्ञानेश्वर भवन , काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट ८ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

साधारण सभामा आर्थिक बर्ष २०७५/७६को नाफा नोक्सान हिसाबबाट चुक्ता पुँजीको ८ दशमलव १६ प्रतिशत नगद लाभांश कर सहितको १० करोड ७४ लाख रुपैयाँ र सो मध्ये लाभांश कर सहित ५३ लाख ७३ हजार पारित भएको छ।

उक्त सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश कुमार निरौला, ध्रुब चन्द्र गौतम, भरत कुमार अधिकारी र साधारण शेयरधनीको तर्फबाट रोहित कुमार भटृराईलाई निर्विरोध निर्वाचित गरेको छ । साधारण सभापश्चात बसेको नवनिर्वाचित संचालकहरुको बैठकले संचालक रमेश कुमार निरौलालाई कम्पनीको अध्यक्षमा चयन गरेको छ । साथै, नवनिर्वाचित अध्यक्षले बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईं समक्ष र संचालकहरुले कम्पनीका अध्यक्ष रमेश कुमार निरौला समक्ष सपथ ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार