नेपाल सेवा लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमास

Citizen Life Insurance Co

काठमाडौं । नेपाल सेवा लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरको छ । लघुवित्तले तेस्रो त्रैमासको अवधिसम्म १ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।

गत वर्षको सोहि अवधिमा लघुवित्तले १३ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको तुलनामा लघुवित्तको नाफा ८७ प्रतिशतले थोरै हो । चैत मसान्तसम्ममा लघुवित्तले खुद ब्याज आम्दानी ८ प्रतिशतले बढाएर १ करोड ८६ लाख ९९ हजार रुपैयाँ पुराएको छ।गत वर्षको सोहि अवधिमा लघुवित्तले १ करोड ७२ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तेस्रो त्रैमासको अवधिसम्ममा लघुवित्तले १० करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेरे ६२ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।हाल यसको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १६ लाख ४१ हजार रुपैयाँ छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी (वार्षिक) ८१ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार