IME Life

निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन २० अर्ब माथि

SPIL
NIC ASIA

काठमाडौं । १९ वटा निर्जिवन बीमा कम्पनीहरुले  बैशाख महिनासम्ममा २० अर्ब ५४ करोड रुपैयाँबीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्कमा समावेश गरेको छैन ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा दुई अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Prabhu
Crest

दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा एक अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा एक अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब ६० करोड रुपैयाँ, एनलजी इन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स एक अर्ब ३६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले ९४ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९१ करोड रुपैयाँ, हिमालयन जनरलले ८९ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ८६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै, ओरियन्टल इन्स्योरेन्स कम्पनीले ८४ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ७८ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ६४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६५ करोड रुपैयाँ, , युनाइटेड इन्स्योरेन्सले ५४ करोड रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ४४ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS