काठमाडौंको शिक्षण अस्पतालमा कोरोना भाइरसबाट एक जनाको मृत्यु

Citizen Life Insurance Co

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंको शिक्षण अस्पतालमा उपचाररत एक जना व्यक्तिको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि गरेको छ । यही जेठ १३ गते अस्पताल भर्ना भएका दोलखाका ७६ बर्षिय व्यक्तिको आज मृत्यु भएको हो । उनको यही जेठ १५ गते गरिएको पिसिआर परिक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारको क्रममा आज मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार