IME Life

बैंकका सबै शाखाहरु खोल्ने तयारी, आजबाट प्रभु बैंकको सबै शाखा सञ्चालनमा

SPIL
NIC ASIA

काठमाडौं । सरकारले यही जेठ २५ गतेभित्र कर तिर्न ताकेता गरेपछि सबै बैंकका शाखाहरु सञ्चालन गर्ने तयारी सुरु गरिएको छ । यसैबीच, प्रभु बैंकले आजबाट देशैभरिका सबै शाखाहरु सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

सरकारले कर तिर्ने समयावधी नबढाउने भएसँगै उद्योगी व्यवसायीहरुका लागि बैंकिङ सेवा अपरिहार्य हुन पुगेको छ । सीमित बैंकिङ सेवाकै बीचमा बैंकहरुले अन्तर बैंक रकमान्तरमा समेत सेवा शुल्क लिन थालेपछि बैंकहरुका सबै शाखा खोल्न राष्ट्र बैंकमाथि दवाव पर्दै आएको छ । नेपाल राष्ट्र बैंकले पासको लागि सहजिकरण गर्ने प्रयास भइरहेको जनाएको छ भने बैंकर संघले पनि सबै बैंकका शाखा कार्यालयहरु सञ्चालन गर्ने सम्बन्धमा छलफल अघि बढाएको छ । हाल सीमित मात्रामा खुलेका बैंकका शाखा कार्यालयहरुमा सेवाग्राहीहरुको भिड लाग्ने गरेकोछ । अत्याधिक भिडका कारण बैंकका काउन्टर नै नयाँ कोरोना भाइरसको उद्गमस्थल बन्ने जोखिम बढेको देखिएको छ । सरकारले चार कार्यदिनभित्र कर तिर्न हिजो ताकेता गरेपछि बैंकमाथि सबै कार्यालय खोल्न दवाव बढेको छ ।

Prabhu
Crest

यसैबीच, प्रभु बैंकले आजबाट सबै शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका दशैभरिका शाखा कार्यालयहरु विहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बैंकले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS