IME Life

एशियन लाईफ इन्स्योरेन्सद्वारा छ लाख ७३ हजार रुपैयाँ दावी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । लकडाउनकै अवधीमा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले धादिङका एक बीमित परिवारलाई बीमा दावी भुक्तानी बापत छ लाख ७३ हजार ८०० रुपैयाँ हस्तान्तरण गरेको छ ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उपशाखा कार्यालय धादिङले मंगलबार एक कार्यक्रमका बीच नीलकण्ठ नगरपालिका वडा नं २ भुलभुले निवासी प्रेम बहादुर गुरुङको गत माघ ७ गते दुर्घटनामा मृत्यु भएकोमा मृतकका परिवारलाई सो रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

कम्पनीले मृतककी आमा पातली गुरुङ, श्रीमती सविना गुरुङ र छोरी आकांक्षा गुरुङलाई बीमाङ्क रकम तीन लाख, दुर्घटना मृत्यु वापतको थप तीन लाख रुपैयाँ बोनस रकम ७३ हजार ८०० गरी जम्मा रकम छ लाख ७३ हजार ८०० सय रुपैयाँको चेक आज हस्तान्तरण गरेको छ ।

गुरुङले २०७१ फागनु २९ गते तीन लाख रुपैयाँ बीमाङ्कको जीवन गरेका थिए । गत माघ ७ गतेका दिन ज्वालामुखी गाउँपालिका वडा नं ४स्थित जिल्लाकै प्रसिद्ध ढोला मण्डली माईको दर्शन गरी फर्कने क्रममा नीलकण्ठ नपा ८ मुरली भञ्ज्याङ्गमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS