IME Life

एकै दिन १६६ जनामा कोरोना, थप एकको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको जनाएको छ । मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रालयले आइतबार मात्रै १६२ पुरुष र ४ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो ।

आइतबार कोरोना पुष्टि भएकाहरु मध्ये रौतहटमा २९, सल्यानमा २५, धनुषामा २१, कालिकोटमा १८, दैलेखमा १८, सप्तरीमा १२, सर्लाहीमा १०, बाँकेमा ८, कपिलबस्तुमा ५, झापामा ४, बाजुरामा ३, स्याङ्जामा २ र तनहु, सुर्खेत, मोरङमा एक।एक गरी कूल १६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

आइतबार तथ्याङ्क सार्वजनिक हुँदासम्म कूल १५६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आइतबार थप एक जना कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि भएको छ । बाजुराकी दुई बर्षिय बालिकाको कोरोनाबाट मृत्यु भएको हो । उनी क्वारेन्टाईनमा बसेकै अवस्थामा आइतबार विहान मृत्यु भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS