IME Life

अमेरिकामा विध्वङ्सः गोली, आगो र ग्याँसले बितण्डा, अर्बौको बीमा दावी पर्ने

SPIL
NIC ASIA

काठमाडौं । कोरोना महामारीका कारण संकटमा रहेका अमेरिकी बीमा कम्पनीहरुलाई हिजो र आज भएको विध्वङ्सले थप अर्बौको दावी भुक्तानीको भाग पर्ने भएको छ । जर्ज फ्लोएड नामक एक काला जातिका नागरिकलाई गोरा जातिका प्रहरीले आठ मिनेटसम्म घुँडाले घाँटी थिचेर मारेको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुले अमेरिकामा दुई दिनदेखि विध्वंस मच्चाइरहेका छन् । हालसम्म अर्बौको क्षति भइसकेको छ । दोस्रो विश्व युद्धमा मात्रै परिचालन गरिएको नेशनल गार्ड करिब ९० वर्षको इतिहासमा पहिलो पटक परिचालन गरिएको छ ।

अमेरिकाका २५ राज्यका विभिन्न ३० भन्दा बढि शहरहरुमा कफ्र्यु आदेश जारी गरिएको छ । तर, प्रदर्शनकारीहरुले राज्यले जारी गरेको कफ्र्यु तोडेर हिंसात्मक प्रदर्शन जारी राखेका छन् । पछिल्लो दुई दिनमा विभिन्न कार्यालय तथा सवारी साधनमा आगजनी, तोडफोडबाट अर्बौको क्षति भएको अनुमान गरिएको छ । दर्जनौं भवन तथा पसलहरुमा आगो लगाइएको छ भने सडकमा गाडीहरु तोडफोड र आगजनी गरिएको छ । अमेरिकी प्रहरीले गरेको रंगभेदका विरुद्धमा उत्रिएका प्रदर्शनकारीहरुका विरुद्धमा प्रहरीले रबरका गोलीहरु प्रहार गरेको छ भने प्रहरी विरुद्धमा समेत सर्वसाधारणले गोली प्रहार गरेको समाचारहरु अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सम्प्रेषण गरिरहेका छन् । विशाल प्रदर्शनका कारण सडक तथा दैनिक क्रियाकलापहरु प्रभावित भएका छन् । अमेरिकी इतिहासमा २५ राज्यमा एकै पटक कफ्र्यु घोषणा गरिएको सम्भवतः पहिलो घट्ना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Prabhu
Crest

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनतालाई क्रुद्ध कुकुरहरुको संज्ञा दिएसँगै अमेरिकी जनता दोस्रो रात पनि सडकमा उत्रिएर विशाल प्रदर्शनहरु गरिरहेका छन् । अमेरिकाका मिनेसोट्टा, टेक्सास, न्यूयोर्क, लसएन्जलस, क्यालिफोर्निया, फलोरिडा, होस्टन, जर्जिया, इलियन्स, ओहायो, ओलिगन, पेन्सिलभानिया, विस्कोन्सिन, वासिङ्टन लगायतका राज्यहरुमा विशाल प्रदर्शनहरु भइरहेका छन् ।

प्रदर्शनकारीहरुले पुर्याएको क्षतिका कारण अमेरिकी बीमा कम्पनीहरुले अर्बौ रुपैयाँ दावी भुक्तानी पर्ने देखिएको छ । आगजनी, तोडफोड नेपालको राजधानी काठमाडौंमा २०६१ भदौं १६ गते म्यानपावर विरोधी आन्दोलन जस्तै हिंसात्मक अवस्थामा सिर्जना भएपछि दशौं हजार अर्धसैन्य बल नेशनल गार्ड परिचालन गरिएको छ । क्षतिको आंकलन गर्न सकिने अवस्था नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सिएनएनको मुख्यालयमा समेत आन्दोलनकारीहरुले तोडफोड गर्दै नियन्त्रणमा लिएका छन् ।

कोरोना महामारीका कारण उसै त संकटमा परेका अमेरिकी बीमा कम्पनीहरु अहिले भइरहेको हिंसात्मक आन्दोलनका कारण थप मारमा पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS