IME Life

जीवन बीमा नै मानिसको सुख दु:खको साथी हो

SPIL
NIC ASIA
हाम्रो आजको समय भोलि फर्केर आउदैन र मृत्यु शाश्वत सत्य हो हामी यो सन्सार बाट कति बेला बिदा हुनुपर्ने त्यो  पनि थाहा छैन। त्यसैले जे गर्नु छ आजै गरौँ  र परिवारको लागि खुसी र समृद्धिका लागि जीवन बिमाको परिकल्पना गरौँ । ‘जीवन बीमा’ भनेको हामीलाई कुनै पनि बेला जे पनि हुन सक्छ र त्यस्तो अबस्थामा पैसाको अभावले समस्या नआओस् भन्ने नै हो । खुसी साना साना कुराहरूमा हुन्छ । जीबनको प्रतेक क्षण अमुल्य हुन्छ साना साना कुराहरुमा हुने खुसी  मध्य एक हो जिबन बीमा । जीवन र वीमा विषय दुई शब्द एक आपसमा मिलेर जीवन वीमा भएको हो । जीवन भन्नाले मानवीय जीवन र बीमा भन्नाले सम्भावीत क्षती विरुद्धको सुरक्षण भन्ने बुझिन्छ । यसर्थ मानवीय जीवनको सम्भावीत क्षती विरुद्र गरिने सम्झौता नै जीवन वीमा हो ।
‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ त्यसैले पनि विभिन्न विश्लेषकहरुले बीमालाई ‘जोखिम हस्तान्तरण’को रुपमा व्याख्या गर्ने गरेका छन् ।जीवन वीमा विशेषत जोखिमको हस्तान्तरण, वचत तथा लगानीको लागी महत्वपूर्ण छ । जीवनमा हुन सक्ने विरामी ,दुर्घटना ,आयुको कारण मानिसको मृत्युको सम्भावनाका कारण क्षति हुने कुरालाई जीवन बीमाले कुनै ब्यक्तिको जोखीम हस्तान्तरण वीमा कम्पनीमा गरी कुनै वखत मानवीय क्षती हुदाँ भरण पोषण आश्रीत परिवारलाई गर्ने व्यवस्था गरिएको हुन्छ । त्यस्तै यदि जीवन बीमामा लगानी गरिएको रकम सम्भावीत क्षती नभएपनि अन्त्यमा लगानी गरीएको रकम खेर जादैन र वचतको रुपमा जम्मा रहन्छ । पछि वोनस सहित बीमितलाई हस्तान्तरण गरी लगानीको रुपमा पनि जीवन बीमा महत्वपूर्ण छ ।
त्यस्तै कुनै अवधिभित्र जीवन बीमा बाट कर सहुलियत लिन सक्ने व्यवस्था सहित आयकर ऐनमा भएकोव्यवस्थाले गर्दा आजकल आम जनमानसमा जीवन बीमाको महत्व वढेको छ । जीवन बीमा हरेक व्यक्तिको पारिवारिक आर्थिक सुरक्षाको लागि जरुरी हुन्छ , एउटा परिवारको मुख्य मानिस जसमा परिवारको दैनिकी सञ्चालनको निर्भरता हुन्छ । उसको अभावमा परिवारलाई पर्न सक्ने आर्थिक अभावलाई तत्कालीन राहतको ब्यवस्थाका लागि जिवन वीमा प्रचलीत छ ।
सफलता असफलता सुख र दुख स्थायी रुपमा रहदैनन जीवनको जुनसुकै मोडमा पनिआफुलाइ सम्हाल्न सुखमा नआत्तिन तथा दु:खमा न आत्तिकन अगाडी बडनु मानबिय सिल स्वभाव रहन्छ तर ब्यक्ती एकलै सबैलाई खुसी बनाउन सक्दैनौं हामिले जति नै राम्रो काम गर्दा पनि आलोचना खेप्नुपरेको हुन्छ तेसैले पहिले आफू खुसी हुने काम गरौं अनि त्यो  खुसियाली मा परिवार लाई आर्थिक समृदिका लागि जीवन बीमाको साथमा बचत गरौँ  ।
नकारात्मक घटनाहरु जहाँकहि पाउछौ । सकारात्मक विषय, बस्तु, घटना सवैको लागि प्रिय हुन्छ । तर नकारात्मक विषय वस्तु घटना जो कसैको लागि अप्रिय लाग्दछ । नकारात्मक कुराहरुमाथि मानिसको नियन्त्रण कम हुन्छ । नकारात्मक हुने सम्भावनाले जोखिमको जन्म गराँउदछ । आपत विपतहरु विभिन्न घटनाहरुबाट आउने हुँदा त्यो जोखीमहरुवाट सुरक्षा प्राप्त गर्नको लागि गरिने क्षतिपुर्तिको ग्यारेन्टी नै विमा हो । घर, सम्पति, कलकारखाना, गोदाम, पसल, सवारी साधन,आगजनी, दुर्घटना, भुकम्प, युद्ध, चोरी ,डकैती,मानविय जीवनको मृत्यु आदी कारणवस नाशहुन सक्ने सम्भावना नै जोखीम हो । मानवीय तथा भौतिक सम्पति सम्वन्धि अनेकानेक जोखीमहरुको कारण कुनै व्यक्ती संघसँस्थाहरुलाई हुने क्षतिले गर्दा निम्तने भयाभह परिणामवाट राहतको लागि भरणपोषण पाउने हेतुले वीमा कम्पनी र विमित विच गरिने सम्झौता नै बीमा हो ।
प्रतिकुल दुशपरिणामहरुवाट आर्थिक सुरक्षण गरी अनिश्चिततालाई कम गरी बीमितलाई राहत दिने विषयवस्तु बीमा हो ।
बीमाको इतिहास सामुन्द्रीक विमाको रुपमा बेलायतबाट शूरुहूदै क्रमश आगजनि बीमा  ,जीवन बीमाको रुपमा हामी आज विभिन्न खालका बीमाका प्रकारहरु अहिले पोलिसी बजारमा सेवाको रुपमा खरिद गरी विमित ढुक्क हुनेविषयवस्तु वनेको छ बीमा   ।
बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी पनि हो । तपाई हामी सबै मानिस भोली अर्थात भविष्यका बारेमा अनविज्ञ हुन्छौँ । तर अचानक भोली जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । यसरी भोलिका दिनमा हुन सक्ने जोखिमको न्युनिकरण गर्न तथा भविष्यमा हुने जोखिम अरुलाई हस्तान्तरण गर्नका लागि अपनाइने कानूनी विधि वा बीमा कम्पनिसँग गरिने एक प्रकारको सम्झौता नै बीमा हो । बीमा सरकारी ऐन अनुसार स्थापना भई नियामक निकायको रेखदेखमा संचालन हुने तथा विदेशी ठुला कम्पनिसँग पुनर्बीमा हुने हुँदा बीमा कम्पनी कसैको पैसा लिएर भाग्न सक्दैनन् । यी कम्पनिहरु आधिकारीक, भरपर्दो र विश्वासीलो मानिन्छ।
 जीबन बीमा व्यवसाय विस्वासको आधारमा गरिन्छ । बीमा कम्पनीले ब्यक्तीलाइ सामाजिक र आर्थिक रुपमा मानिसलाई सबल बनउछ अन्तत जिबन बीमा नै मानिसको सुख र द्खको साथी होभने यो एउटा कानुनी लिखत पनि हो । जीबन बीमा कम्पनी ले आफ्नो ग्राहकलाइ दिने भनेको बीमांक रकम र बोनस हो । बीमाको मतलब मुनाफा मात्र होइन यो त सामाजिक  आर्थिक र न्यायीक समेत सुरक्षाको प्रत्याभूत गर्ने गर्दछ।

( गिरी एलआईसी नेपालका अभिकर्ता  हुन् ।)

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

गोबिन्द प्रसाद गिरी
Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS