IME Life

जेठ ३२ गतेसम्म लकडाउन थप गर्ने मन्त्रिपरिषदको निर्णय, असार १६ गतेसम्म हवाई उडान स्थगित

SPIL
NIC ASIA

काठमाडौं । कोरोना भाइरसका विरुद्धमा लडिरहेको सरकारले आगामी जेठ ३२ गतेसम्म हाल जारी लकडाउनलाई निरन्तरता निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउनलाई थप निरन्तरता दिने निर्णय गरेको हो ।

यसअघि जेठ २१ गतेसम्म मात्रै लकडाउन गरेको थियो । कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढेपछि सरकार शनिबार नै यस्तो निर्णय गरेको हो । यही जेठ २१ गतेदेखि लकडाउन खुल्छ भन्ने आशामा रहेकाहरु निराश बन्न पुगेका छन् ।

Prabhu
Crest

यद्यपि सरकारले लकडाउनको मोडालिटी भने परिवर्तन गर्दै उद्योग व्यवसाय सञ्चालन गर्न दिई थप खुकुलो बनाउन सक्ने जनाएको छ । त्यस्तै, हवाई उडान भने आगामी असार १६ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ । केही दिनदेखि कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ । शनिबार मात्रै १८९ जनामा कोरोना संक्रमण पुष्टि भई कूल संक्रमितको संख्या १४०१ पुगिसकेको छ ।

यसैबीच, आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण फैलिएका ठाउँमा नेपाली सेना परिचालन गर्ने समेत निर्णय गरेको छ । शनिबार नै सुरक्षा परिषदको बैठक बसेको थियो । सो बैठकले कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्ने निर्णय गरेको थियो ।

यसैबीच, भारतमा एक महिना लकडाउन थप गर्ने निर्णय गरिएकोछ । भारतमा अब असार १६ गतेसम्म लकडाउन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS