IME Life

अमेरिकाका दर्जनौं शहरमा हिंसात्मक प्रदर्शन, ह्वाईट हाउस अगाडि नाराबाजी, दुईको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । एक जना काला जातिको मानिसलाई प्रहरीले घाँटीमा घुँडाले थिचेर हत्या गरेको विरोधमा गएराति देखि भड्किएको दंगा फसादमा अमेरिकाका विभिन्न राज्यहरुमा करोडौंको क्षति भएको छ । अमेरिकामा हरेक सम्पत्तिको बीमा गर्ने प्रचलनका कारण करोडौं डलरको बीमा दावी पर्ने अनुमान गरिएको छ । प्रदर्शनकारीहरुले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउस अगाडि समेत पुगेका छन् । कोरोना महामारीका कारण घरभित्रै थुनिएर आक्रोसित बनेका उनीहरुले मिन्नेसोटामा गत मंगलबार गरिएको एक काला जातिको व्यक्तिको हत्याको विरुद्धमा रंगभेद विरुद्धमा प्रदर्शन गरेका हुन् । गत सोमबार जर्ज फ्लोएड नामक व्यक्तिको हत्याको विरुद्धमा शुक्रबार रातैभरि अमेरिकामा विशाल प्रदर्शनहरु भएका हुन् । प्रदर्शनमा हजारौं मानिहरु सहभागी छ ।

Prabhu
Crest

अमेरिकाको मिन्नेसोटा राज्यमा हजारौं मानिसहरुले कफ्र्यु तोडेर प्रदर्शन गरेपछि प्रहरीले आत्मसमर्पण गर्ने स्थितिमा पुगेको छ । त्यहाँका गभर्नरले ह्वाईट हाउसलाई १००० सैनिक प्रहरीको सहयोग मागेका छन् । प्रहरीमाथि बन्दुकले गोली प्रहार भएपछि स्थितिलाई नियन्त्रणमा लिन सैनिक सहयोग मागिएको हो । प्रदर्शनकारीहरुले शुक्रबार राति स्थानीय अदालत लगायतका भवनहरुमा आगजनि तथा तोडफोड गरेको फक्सन्यूजले जनाएकोछ । सिएनएनका अनुसार देशका दर्जनौं स्थानमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय सञ्चार माध्यम सिएनएनको कार्यालयमा समेत पुगेर प्रदर्शन र नाराबाजी गरेका छन् ।

नेपालमा म्यानपावर व्यवसायी विरुद्धमा भदौं १६ गते गरिएको हिंसात्मक आन्दोलन सम्झाउने विशाल प्रदर्शनहरु भएको त्यहाँस्थित सञ्चार माध्यमहरुले जनाएका छन् । त्यतिबेला नेपालको केही सञ्चार माध्यममाथि समेत प्रदर्शनकारीहरुले प्रहार गरेका थिए । यस पटक सिएनएनको मुख्यालयमा पुगेर उनीहरुले लोगामाथि बसेर कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाएका छन् ।

अमेरिकाको कैयौं स्थानमा स्थिति नियन्त्रण बाहिर जाने अवस्थामा पुगेको जनाइएको छ । कोरोना महामारीका कारण आक्रोसित बनेका अमेरिकीहरुले सरकारप्रतिको आक्रोश सडकमा पोखेको अनुमान गरिएको छ । हिंसात्मक प्रदर्शनका कारण करोडौंको धनजनको क्षति भएपछि केही राज्यहरुले आपतकालिन अवस्थाको घोषणा गरेका छन् । पोर्टल्याण्ड राज्यका मेयर पनि आपतकालिन अवस्थाको घोषणा गर्दै कफ्र्युको घोषणा गरेका छन् । यद्यपि मिन्नेसोटामा शुक्रबार कफुर्यु उल्लंघन गर्दै कैयौं सरकारी कार्यालयमा पसेर तोडफोड र आगजनी गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS