IME Life

भारतमा बीमा कम्पनीहरु ठूलो संख्यामा कर्मचारी माग गर्दै, यस्तो छ कारण ?

SPIL
NIC ASIA

भारतका केही बीमा कम्पनीहरुले जुन महिना भित्र ५००० भन्दा धेरै कर्मचारी भर्ना गर्ने तयारी गरेका छन् । अन्य  धेरै कम्पनीहरुले कर्मचारी कटौती गरेकोमा भारतका ५ ठूला बीमा कम्पनीहरु भने आक्रामक रुपमा नयाँ कर्मचारी भर्ना गर्ने तयारीमा छन् ।

भारतीय संचार माध्यमका अनुसार कोरोना माहामारी र लकडाउन पश्चात बीमा क्षेत्रमा ठूलो उछाल आउने आँकलन गरेकाले सोको लागि  केही बीमा कम्पनीहरु अहिले नै कर्मचारी भर्ना गर्न लागेका छन् ।

Prabhu
Crest

पीएनबी मेट लाईफ इन्स्योरेन्सले १५०० थप कर्मचारी भर्ना गर्ने तयारीमा छ र सो संख्या ३००० हजारसम्म पुग्न सक्ने छ ।  केनरा एचएसबीसी ओरिएंटल बैंक ऑफ कॉमर्स लाइफ इन्स्योरेन्सले १००० थप कर्मचारी भर्ना गर्ने तयारीमा छ ।

निर्जीवन बीमा कम्पनी टाटा एआईजीले १०००  थप कर्मचारी भर्ना गर्ने तयारीमा छ भने  टाटा एआईए लाइफले ५०० थप कर्मचारी भर्ना गर्ने तयारीमा छ ।

रिलायन्स निपोन लाईफ इन्स्योरेन्सले ३०० नयाँ कर्मचारी भर्ना गरिसकेको  र ४००  थप कर्मचारी भर्ना गर्ने तयारीमा छ ।  कोरोना महामारी पश्चात जनतामा बीमाको महत्त्त्व अझै धेरै बढ्ने र सो को कारणले गर्दा बीमा व्यवसायमा राम्रो वृद्धि देखिने विश्वास गरिएको छ।

समाचार श्रोत : Economic Times

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS