IME Life

सुनमा प्रतितोला साढे तीन हजार थप कर, इन्धनको भन्सार मूल्य बृद्धि

SPIL
NIC ASIA

काठमाडौं । सरकारले आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सुनको भन्सार मूल्य बृद्धि गरिएको छ । प्रति तोला करिब तीन हजार पाँच सय रुपैयाँ सुनको थप भन्सार बृद्धि गरिएसँगै नेपाली बजारमा सुन थप महंगो हुने भएको छ ।

हाल प्रति १० ग्राम छ हजार २०० रुपैयाँ सुनको भन्सार तिर्नुपर्ने व्यवस्था छ । बजेट कार्यान्वयनमा आएपछि प्रति १० ग्राम नौ हजार पाँच सय रुपैयाँ भन्सार तिर्नुपर्ने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको लागि घोषणा गरिएको सुनको भन्सार अनुसार ५० ग्राम सुन ल्याउदा ३१ हजार रुपैयाँ भन्सार लाग्नेगरेकोमा अब ४७ हजार ५०० रुपैयाँ लाग्ने भएको छ । त्यस्तै ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्ममा प्रति १० ग्रामको १० हजार ५ सय रुपैयाँ दरले भन्सार शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

Prabhu
Crest

हाल कायम रहेको ५० ग्रामसम्मको सुनको गहनामा भन्सार नलाग्ने व्यवस्था भने कायमै गरिएको छ । यस्तै, सरकारले खाना पकाउने एलपी ग्यास र हवाई इन्धन बाहेक पेट्रोल र डिजेल र मट्टितेलमा लाग्ने कर बृद्धि गरेको छ । बजेटमार्फत सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ थप कर लगाएको हो ।

त्यस्तै सवारी साधन यातायात कार्यालयमा बुझाउने कर समेत यस वर्ष बृद्धि गरिएको छैन भने सवारी साधनको भन्सार समेत बृद्धि गरिएको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS