IME Life

घरेलु लघुवित्तद्धारा विपन्न घर परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग

SPIL
NIC ASIA

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न विभिन्न स्थानीय निकायहरुलाई आर्थिक सहयोग गरेको छ । घरेलु लघुवित्तको शाखा कार्यालयहरु सुकदेवचौक, रौतहट, लौकाहा, रौतहट र विष्णुपुर, सिराहाका शाखा प्रबन्धकहरु क्रमश राजेश राययादवले यमुनामाई गाउँपालिकाका अध्यक्ष प्रसाद मुखियालाई, रुपेश कुमार झाले परोहा नगरपालिकाको मेयर शेष वकिललाई र अनिलकुमार यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको उपस्थितिमा लेखापाल महेन्द्र यादवलाई सम्बन्धित प्रत्येक गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा दश हजारका दरले ३ वटा स्थानीय निकायलाई जम्मा तीस हजार रुपैयाँ आर्थिक सहयोगको चेक हस्तान्तरण गरेको संस्थाले जनाइएको छ ।

उक्त रकमले कोरोना रोकथाम नियन्त्रण तथाकोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने समस्यामा परेका मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । साथै संस्थाको शाखा कार्यालय महांकाल काठमाण्डौंका शाखा प्रबन्धक सविता अधिकारीले ४३ विपन्न सदस्यका घर परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको जानकारी दिए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS